गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

दियो पोस्ट  

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् ।

आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्यानर टाँसेको हो । उनीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै टाँसेको ब्यानर प्रहरीले हटाएको छ ।

यसअघि आइतबार अखिल क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो ।
मुलुकको मौद्रिक नीति निर्माण गर्ने र बित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना बिभागको सदस्यको रहेको भन्दै देशभर आलोचना हुँदै आएको छ ।