गजेन्द्र महतको आग्रहः कसरी हुन्छ एम अधिकारी खोजीदिनु पर्यो

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रकुमार महतले एम अधिकारी खोजीदिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै महतले उक्त माग गरेका हुन्।

‘ठूलो दलको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराएको छ। महत्वपूर्ण मान्छे हराएको छ, कसले खोजिदिने?’, महतले प्रश्न गरे, ‘उनको खोजीको लागि बालुवाटारमा आन्दोलन भइरहेको छ। उनको खोजीका लागि समिति बनेको छैन तर कसले हुन्छ कसरी हुन्छ एम अधिकारी खोजी पाउनुपर्यो।’

गर्भनर महाप्रसाद अधिकारी नै एम अधिकारी हुन् भन्दै सत्ता पक्षीय विद्यार्थीहरुले राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्।

सम्बन्धित खबर