
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धनको कुनै भर नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको केही भर नभएको र यसको भरमा परेपछि अरुको सहारामा बाँच्नुपर्ने बताएका हुन् ।
‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ उनले भने, ‘अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।’