काठमाडौँ । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएसँगै, यो सेवा ८ जिल्लामा विस्तार भएको छ।
यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको थियो । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था आजबाटमिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरुको संख्या आठ पुगेको हो ।
अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ ।निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गत असार १ गतेदेखि सुरु गरेको थियो । यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ ।