एसपीपीमा सहभागी नहुने पत्र पठाउन अझै अध्ययनमा छौंः परराष्ट्र मन्त्रालय

दियो पोस्ट  

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन अझै केही ढिला हुने बताएको छ ।

यसबारे अध्ययन भइरहेकाले पत्राचार गर्न ढिला भएको मन्त्रालयले बताएको हो ।

सिंहदरबारमा बुधबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्,‘हामी सरोकारवालासँग छलफल गरिरहेका छौं । यसअघि पनि सहयोग आइरहेको छ , विपद सहयोग, पूर्वाधार लगायतका विषय छन् । आइरहेका सहयोग नरोकिउन भन्ने हाम्रो कन्सर्न हो । हामी त्यही अनुसार अध्ययन र छलफलमा छौं ।’