बजेट निमार्णमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न थप दश दिन थप्ने तयारी

दियो पोस्ट  

काठमाडौँ ।  बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

यसअघि २२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले १० दिनको समय उपलब्ध गराइएको थियो । तर तोकिएको समयमा काम पूरा नभएकाले छानबिन समितिले थप समय माग गरेको हो ।बिहीबारको बैठकमा समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। समितिमा उनले सिसिटीभीको स्टोरेजबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै विज्ञसँग छलफल गर्न भनेका थिए।