देउवा, दाहाल र राणालाई कारबाही गर्न महेश बस्नेतको माग

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेमा सांसद महेश बस्नेत एम अधिकारीको खोजी भइरहेका बेला कारबाही गर्न माग गरेका थिए । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् ।

‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही गर्नुपर्ने हैन र ? उनले भने, बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारको दरमा फेरबदल गरेर सीसीटीभी लगायतका प्रमाणहरु नष्ट गर्ने र ६ अर्बभन्दा बढी कमिसन गढबढी गर्ने माओवादी नेता जे शर्मालाई खोजेर कारवाही गर्नुपर्ने हैन र रु पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र रु मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ? ’