पेट्रोलियमको मूल्य भारतबाट घटेर आए पनि सरकारले घटाएनः प्रदीप ज्ञवाली

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताए।

सरकारको गैरजिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै उनले जनताको समस्या समाधान गर्ने गरेर बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने गरी रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरे।

‘बढ्दो महँगी, मूल्यवृद्धि र अत्यावश्यक वस्तुको मूल्यवृद्धि छ। सरकार बेखबर देखिएको छ। डिजेल १८ र पेट्रोलमा १५ रुपैयाँ घटाएर पठायो, तर आज एक हप्ता भयो मूल्य घटाइएको छैन। बढेर आएको भए रातारात बढाइन्थ्यो,’ उनले भने।

सांसद ज्ञवालीले आफूले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए।