एकैदिन थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमित संख्या ४३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणको नतिजा हो ।

मन्त्रालयका पछिल्लो २३ घण्टामा ५६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।