संसदबाट पास भएको नागरिकता विद्येयक गलत छः प्रदीप ज्ञवाली

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले संसदबाट पास भएको नागरिकता विद्येयक त्रुटिपूर्ण भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले संसदका अधिकारमाथि सरकारले चरम दुरुपयोग गरेर मुलुकलाई उल्टो गतिमा हिंडाएको आरोप लगाएका छन् । ज्ञवालीले राष्ट्रियताको विषयमा सरकारमा बिचलन आएकाले यसले देशलाई दीर्घकालीन प्रभाव पार्ने बताए ।

‘शीरमा सिन्दुर हुँदासाथ हातमा नागकिरता दिन मिल्ने विद्येयक गलत छ, नागरिकता पाउनका लागि ढोका खुल्ला राख्नुपर्छ तर निश्चित अबधि र अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल राखेर मात्र नागरिता दिनुपर्ने हाम्रो आग्रहको कुनै सुनुवाई भएन’ उनले भने ।

नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुकेको उल्लेख गर्दै नागरिकता विद्येयक गलत र देशका लागि घातक रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर