
काठमाडौं । विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।
शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित प्रशिक्षण भेला कार्यक्रममा दाहालसहित सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचिव पुर्णप्रसाद पाण्डे , वीरबहादुर विश्वकर्मा, समाजवादीका जिल्ला सदस्य यामराज शर्मा, डिल्लीराम लम्साल लगायत विवेकशीलका ८२६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
दाहाल ०७४ को स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार समेत बनेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने,‘ एमाले समाजवाद बोकेको पार्टी भएकाले प्रवेश गरेको हुँ ।’