नारायणकाजी श्रेष्ठको प्रश्नः गठबन्धन सरकार जोगाउन एसपीपीलाई पनि बाध्यात्मक समर्थन गर्नुपर्ने हो ?

दियो पोस्ट  

काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गठबन्धनका नाममा राष्ट्रिय हितका मुद्दामा पार्टीले एकपछि अर्को सम्झौता गर्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाबाट पारित नागरिकतासम्बन्धी विधेयकमा वैवाहित अंगीकृत नागरिकको हकमा विदेशबाट बिहे गरेर आएलगत्तै नागरिकता पाउने गरी भएको व्यवस्थाप्रति श्रेष्ठले असहमति जनाएका छन् ।

‘हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हितअनुरुप ठान्दैन । तर, गठबन्धन सरकारको कारणले पार्टीभित्र मतभेदको बीचमा बाध्यात्मक रुपमा १२ बुँदे ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्यो । अहिले फेरि नागरिकताको विषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयकलाई पारित गर्ने निर्णय भयो । एसपीपीको बारेमा अस्वीकारको पत्र सरकारले पठाएको छैन । के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त ? ’