ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिकी छन् । । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् ।
मन्त्री भुसालले भनिन्, “विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।” उहाँले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
रु ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।
सो अवसरमा बागमति प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिइन् । पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिनेगरी सिसिटिभी र बिजुलीबत्तीको उपयुक्त व्यवस्था गरिने उनले बताइन् । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताइन् ।