चिया बगानामा तिन किशोरीहरुको शव झुण्डिएको अवस्थामा फेला

दियो पोस्ट  

झापा ।  झापा स्थित एक चिया बगानामा तिन किशोरीहरुको शव झुण्डिएको अवस्थामा भेटिएको छ ।केचनाकवल गाउँपालिका -५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरीहरु झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनिहरु सुनकोशी चिँया बगानमा श्रमिकका रुपमा कार्यरत थिए ।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए। १६ देखी १८ वर्ष विचका किशोरीहरु झुण्डिएको अवस्थामा देखेपछि जिल्ला प्रशरी कार्यालय झपालाई सुचना पदएको अध्यक्ष राजबंशीले दियोपाष्टसँग भनेका छन् ।

वडा नं ५ स्थित चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे चिया बगानमा रहेको रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

सम्बन्धित खबर