११ एसपीको काज सरुवा, को कहाँ पुगे ? (सुचीसहित)

दियो पोस्ट  

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले एसपीको सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन गर्दै काज सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत प्रेमबहादुर बस्नेतको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सरुवा भएको छ ।

त्यस्तै, मकवानपुरमा वामदेव गौतम, बारामा होबिन्द्र बोगटी र रौतहटमा वीरबहादुर बुढामगरको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रतिज केसी, डोटीमा दिलिप घिमिरे र कास्कीमा अजय केसीको सरुवा भएको छ ।

भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठको भने अख्तियारमा सरुवा भएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखा, केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखा र युएन शाखाबाट गंगा पन्तको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।

सम्बन्धित खबर