कोरोना अपडेटः थप ५६८ जनामा संक्रमण, एकको मृत्यु

दियो पोस्ट  

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।

४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै, एकजनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ ।

नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

सम्बन्धित खबर