काठमाण्डु । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणमा निस्कने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।
त्यसका लागि अध्यक्ष साउन २१ गते जापान हिँड्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ । त्यहाँ तय भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसतर्फ जान लाग्नुभएको हो’, स्वकीय सचिव मल्लको भनाइ छ ।