टिकटक बनाउने क्रममा कुपिन्डे दहमा एक जना बेपत्ता, खोजी कार्य जारी

दियो पोस्ट  

सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेतालमा डुबेर एक जना बेपत्ता भएका छन् ।

टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएका हुन् ।

प्रहरी स्रोतल भन्यो, “अहिले प्रहरीले खोजी कार्य गरिहेको छ । ” जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न आएका थिए ।

सम्बन्धित खबर