काठमाडौं । कुनैबेला पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीलाई पक्राउ नगरेको प्रहरीले दाबी गरेको छ । मंगलबार सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ‘बलात्कारी’ भन्दै गाली गरेपछि शाहीलाई मंगलबार नेपाल प्रहरीले पक्राउ गरेको हल्ला आएको थियो तर, पक्राउ गर्दै नगरेको महानगरीय प्रहरी वृत्त गौशलाले जनकारी दियो ।
पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा बलात्कारको आरोप लागेका सिद्धबाबा पनि सहभागी थिए । त्यहाँ पुगेकी शाहीले सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन् । त्यसलगत्तै उनलाई पक्राउ परेको भन्ने समाचारहरु प्रकाशित भएका थिए ।
सिद्धबाबाविरुद्धको बलात्कार आरोपको मुद्दा अहिले विचाराधीन छ । शाहीलाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख महराले भने सफाइ पाइसकेका छन् ।