सुनकोशी गाउँपालिकाद्वारा समाचारको खण्डन

- युवराज पहाडी  

ओखलढुङगा । ओखलढुङगाको सुनकोशी गाउँपालिकाले अनियमितता गरेको शिर्षकमा प्रकाशित समाचारकाे खण्डन गरेकाे छ ।  महालेखाको  परिक्षककाे ५८ अाैँ प्रतिवेदनका विषयमा एक अनलाइनमा प्रकाशित समाचारकाे गाउँपालिकाले खण्डन गरेकाे हाे । गाउँपालिकाले प्रकाशित समाचारकाे भाैचर सहित खण्डन गरेकाे हाे ।

 

प्रमुख प्रशासकिय अधिकृत कामकुमार कार्कीले एकै मितिमा दुइ पटक भ्रमण आदेश स्विकृत गरी लिइएको भत्ता मध्ये दश हजार महालेखाले असुलउपर गर्न भनेको प्रतिवेदन अनुसार सामाचारमा आरोप लागेको दोहोरो भत्ता वापतको दश हजार रुपैयाँ फिर्ता गरेको भउँचर गाउँपालिकाले मङ्गलबार सार्वजनिक गरेको छ ।

संघिय र प्रदेश निर्वाचन लक्षित प्रपोकाण्ड
आगामी मंसिरमा आउदै गरेको संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसका रुद्र प्रसाद अधिकारी र कुमार लुइटेल लगायतका नेताहरुका विरुद्ध प्रपोकाण्ड फैलाउने नियतले समाचार प्रकाशन गरेकाे गाउँपालिकाकाे दाबी छ ।

रुद्र अधिकारी प्रदेश–१ का प्रदेश सदस्य हुन् । आउँदै गरेको प्रादेशिक निवार्चनलाई लक्षित गर्दै उक्त मिडियाले अधिकारीको चरित्र हत्या गर्ने नियतले समाचार प्रकाशन गरेकाे उनीहरुकाे दाबी छ ।

 

सम्बन्धित खबर