काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार तयार पारिएको उक्त प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने समितिको तयारी छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गराएको भनी तत्कालिन अर्थमन्त्री शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले २२ असारमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।
समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेर्नुका साथै बजेट निर्माणमा संलग्न अधिकारी र पूर्वअर्थमन्त्री शर्मासँग पनि छलफल गरेको थियो ।