काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ जना नयाँ सं्रममित थपिएका छन् । त्यस्तै दुई जनाको मृत्यु भएको छ । ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।