
बाँके । हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईविरुद्ध शनिबार जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ ।
शुक्रबार बिहान दुई बजे असई चौलागाईंले ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । बाँके प्रहरी प्रवक्ता डिएसी न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् ।