नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात

दियो पोस्ट  

काठमाडौँ ।  आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा नेपालबाट ५३ लाख १२ हजार लिटर पानी निर्यात भएको हो ।
विश्वका १२ वटा मुलुकमा नेपालबाट पानी निर्यात हुने गरेको छ । तीमध्ये छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ ।

सिफारिस