छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषसहित ५ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोईन ६ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्लाको बेदकोट नगरपालिका–७ बस्ने २३ वर्षीय किरण जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछाने रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित आइतबार दिउँसो पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका–६ बस्ने २५ वर्षीय पवन शोपबाट खरिद गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

साथै मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुमबासी बस्तीमा अवैध लागूऔषध गाँजा करिब १ केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाँउ बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका–२ बस्ने ३४ वर्षीय उमेश दाहाल रहेका छन् । दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा फेला पारी उनीहरुलाई  आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर