एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय कदप भएको सत्ता गठबन्धनको निष्कर्ष

अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्‍मा स्पष्टीकरण दिने

दियो पोस्ट  

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कदम असंदीय रहेको निष्कर्ष निकालेका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका ७ दलका नेताहरुको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको हो ।

सोमबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका छन्। साथै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्‍मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

नेपालमा पहिलोपटक ट्रक ल्याएका भनिएका प्रितम सिंहमाथि आधारित रहेर लेखिएको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्ति दिएका थिए। ‘उहाँ (प्रतिम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरु–साथीहरुसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार संघीय संसद्‌का दुवै सदनको बैठकमा अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको थियो।

 

सम्बन्धित खबर