अधिवक्ता लामिछाने र नासु तामाङबीच सात बुँदे सहमति

वकिल–कर्मचारी विवाद

दियो पोस्ट  

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेकाबीचमा भएको विवादमा सात बुँदे सहमति भएको छ।

गत असार १३ मा ललितपुर जिल्ला अदालतमा अधिवक्ता लामिछानेले नासु तामाङमाथि हातपात गरेपछि विवाद सुरु भएको थियो।

विवादलाई समाधान गर्ने प्रयोजनार्थ ललितपुर जिल्ला अदालतबाट गठन भएको वार्ता समिति तथा ललितपुर बार एशोसिएशनका तर्फबाट गठन भएको वार्ता समितिका सदस्यहरु, नेपाल बार एशोसिएशनका प्रतिनिधि तथा घटनासँग सम्बन्धित दुवै पक्षको उपस्थितिमा छलफल भइ यस्तो सहमति भएको हो।

ललितपुर जिल्ला अदालतमा सेवा लिने/दिने क्रममा इमान्दारीपूर्वक कर्तव्य पालना गर्दागर्दै हुन गएको घटनाको बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिहरुमार्फत् विषयान्तर भएको सहमतिमा भनिएको छ।

उक्त घट्नासँग सम्बन्धित दुवै पक्ष सो घटनालाई लिएर अब उप्रान्त द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।