काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
दाहालको अन्तिम बिदाइका लागि पशुपति आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, माओवादीसहित अन्य दलका नेता–कार्यकर्ता र शुभेच्छुक हजाराैँकाे संख्यामा उपस्थित थिए।
उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिए।


