महाराजगञ्जस्थित टिचिङ अस्पतालका फार्मेसी इञ्चार्ज गरे आत्महत्या

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शुक्रबार बिहान ८ः३० बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेका थिए। घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको प्रहरी स्रोतले जनाएको।
उनको मृत्युका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सिफारिस