खुमा वली
काठमाडौं । बानेश्रमा रहेको कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी बचतकर्ताको घेराउमा परेको छ । सहकारीले बचतकर्ताको करोडौं रकम हिनामिना गर्दा मर्कामा परेको पीडितहरु बताउँछन् । विगत केही महिनादेखि आफ्नो रकम फिर्ता गर्न माग गर्दै उनीहरु आज (आइतबार) मिनभवन शाखाको कार्यालयमा पुगेका हुन् । यसअघि सहकारीसँग रकम फिर्ता माग्दा संस्थाका कर्मचारीले उल्टै ज्यान मार्नेदेखि कारबाही गर्नेसम्मका धम्की समेत दिएको पीडितहरुको आरोप छ । पटक–पटक रकम फिर्ता माग्दा पनि आफूहरुलाई झुलाएको भन्दै उनीहरु उनीहरु आक्रोशित बनेका छन् ।
भक्तपुरका अभिषेक बस्नेतले विगत १ वर्षदेखि यो सहकारीमा रकम बचत गर्दै आएका छन् । १ वर्षको अवधिमा १३ लाख जम्मा गरेका वस्नेत भन्छन्,“हामी यो भन्दा पहिले पनि आफ्नो रकम फिर्ता माग्न आएका थियौं तर यो संस्था नै बन्द थियो । आज महिनाको अन्तिम दिन (क्लोजिङ) भएर भेट्छौं नै भनेर आएका हौं । तर हामीलाई प्रहरीले पनि केही बोल्न दिएको छैन । ” उनले अघि भने,“आफन्तहरुलाई जग्गा दिएर भए पनि रकम फिर्ता गरे । तर हाम्रो पैसा दिने अहिलेसम्म कुनै छाट छैन ।”
पछिल्लो समय सहकारीलाई लुटको धन्दा बनाउँदै आएका बेला यो संस्थाले पनि विगत केही महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्ने सकेको छैन ।
“यहा ६ महिना÷आठ महिनादेखिको पिडीत पनि हुनुहुन्छ । तर हामीले पैसा माग्दा यो संस्थाका सिइओ रामहरि अधिकारले उल्टै ज्यान मार्ने धम्की दनुहुन्छ ।” एक बचतकार्ताले भने, “मेरो यो सहकारीमा बचत गरेर राखेको पैसा १३ लाख छ । तर मैले मेरो पैसा फिर्ता दिनुुस् भन्दा प्रहरी बोलाएर थुनाउँछु भन्दै धम्की दिनुहुन्छ ।”
यता संस्थाका सिइओ रामहरि अधिकारीले भने सहकारीले बचतकर्ताहरुको रकम चाडै फिर्ता गर्ने दाबी गरेका छन् । आन्दोलित बचतकर्ताको घेराउमा परेका अधिकारीले सहकारीले केहीलाई जग्गा दिएर पनि रकम फिर्ता गरेको र बाँकी रहेका बचतकर्ताको रकम पनि एक हप्ताभित्रै फिर्ता गर्ने बताएका हुन् । उनले भने,“हामीले अर्काे हप्ता सबै बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने व्यवस्था गर्दैर्छौै । उहाँहरुले आफ्नो रकम पाउँनु हुन्छ ।”
बचतकर्ताले तपाईहरुसँग रकम फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिनुहुन्छ रे हो? भन्ने हाम्रो प्रश्नमा अधिकारीले भने,“हामीले रकम फिर्ता गर्ने ढिला गर्दा उहाँहरुले यस्तो आरोप लगाउनु भयो होला । तर हामीले विशोष गरि मैले त्यस्तो कुनै धम्की दिएको छैन ।”
भक्तपुरकी कृष्णमाया सुवालले विगत ६ वर्षदेखि उक्त सहकारीमा बचत गर्दै आएकी छन् । सोही संस्थाको भक्तपुर शाखाबाट रकम बचत गर्दै आएकी उनी भक्तपुरकै शाखाको कार्यालयमा रकम फिर्ता माग्न पटक–पटक पुगिसकिन् । तर उनले पाउनु पर्ने फिता रकम अहिलेसम्म पाउन सकेकी छैनन् ।
भक्तपुरकै रामप्रसाद नेपालले पनि विगत आठ अघिदेखि उक्त सहकारीमा धेरथोरै गरि रकम बचत गर्दै आएका थिए । ६५ वर्षीय नेपालले सोही संस्थाको भक्तपुर शाखामा बचत गर्दै आएका हुन् । उनको १० लाख रकम यो सहकारीबाट लिनु छ । नेपालले विगतको घटना सम्झिदै भने, “मेरो बुवा विरामी हुँदा म आफ्नो रकम फिता देउ भनेर माग्न आउँदा समेत पाइन । यीनीहरुले विभिन्न खालका झुट्टा आश्वासन दिएर हामीलाई झुलाए । अहिले सिइओले गुण्डागर्दी सैलीमा धम्की दिए । आफ्नो पैसा हुँदासमेत परिवारका सदस्य विरामी हुँदा उपचार गर्न पाएनौं यसमा हाम्रो गुनासो पनि छ ।” नेपालले अघि भने, “हामीले फोन गरेर पैसा माग्दा पुलिस बोलाएर कारबाही गरौै भन्दै धम्की दए । अरुबेला यो सहकारी बन्द गरेर भाग्छन् आज क्लोजिङको दिन पकै समाउन सकिन्छ भनेर आएका हौं । हामी यहाँ हाम्रो पैसा माग्न आएका हौं अरु केही गर्न आएका होइनौं ।” नेपालले अघि भने, हामीले आफ्नै पैसा नपाएपछि अब के विष खाएर मर्ने ? भन्दै अक्रोश समेत पोखे ।
भिड भन्दा अलिकति पर बसेर सबै दृश्य नियालिरहेकी वसन्ती पौडेलले विगत ६५ सालदेखि दुःख सुख गरेर कमाएको पैसा बचत गर्दै आएकी छन् । बसन्ती पनि अरु साथीहरु जस्तै आफ्नो रकम फिर्ता पाउने आसले आएकी हुन् । सुर्खेत स्थायी घर भएकी ४९ वर्षीया बसन्तीलाई अहिलेसम्म आइपुग्दा उक्त सहकारीले ९ लाख रकम फिर्ता दिनु पर्ने छ । आफ्नो सामुन्ने बसेका व्यक्ति तिर इसरा गर्दै उनले भनिन्,“उहाँले भनेर खाता खोलेर रकम बचत गर्न थालेको हो । अहिले मेरो आउने आयस्रोत केही छैन । भएको पैसा जति यही संस्थामा छ । चामल खान पाँच हजार मात्रै भए पनि दिनुस् न भनेको छदैछैन भन्छन् ।” उनी भन्छिन्,“तपाईहरुले थोरै–थोरै रकम दिए जस्तै हामी पनि त्यसै गरि दिने हो कति वर्ष लाग्छ थाहा छैन भन्छन् यहाँ ।”
नयाँ बानेश्वरका रोसन श्रेष्ठको पिडा पनि उस्तै छ । आमा, दिदी र आफ्नो गरि जम्मा गरेको रकम पाँच करोड छ । वितग ८ अघि रोशनका बुवाले उक्त सहकारीमा बचत गर्ने सुरु गरेका थिए । अघिल्लो वर्षको भदौमा डेंगुका कारण उनका बुवाको मृत्यु भयो । जुनबेला यो सहकारीको अवस्था पनि ओरालो लाग्दै थियो ।