काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले ऋणी महिलामाथि हिंसा गरेको खुलाशा भएको छ । उनी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी समेत परेको छ । एक महिला उद्यमीले ढकाल विरुद्ध आयोगमा उजुरी दिएकी हुन् ।
चार करोड रुपैयाँ कर्जा स्विकृत गर्ने आश्वास दिएर ढकालले ती महिला उद्यमीलाई कार्यकक्षमै बोलाएर अभद्र व्यवहार गरेको आरोप छ । ‘निजको विश्वासमा परि मिति २०७९ चैत्र २९ गतेको दिन अन्दाजी २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा तपाईंको कर्जा अब चाँडै स्विकृत हुँदैछ । त्यसको लागि िमैले भनेको काम गर्नुपर्छ भनी म बसेको ठाउँमा नजिक आइ गलत मनसायले अभद्र व्यावहार गरेकोले किन यस्तो प्रकारको कार्य गर्न खोज्नु भएको हो । यस्तो कार्य नगर्नुस् । तपाईं जस्तो अहोदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भन्दा मैले भनेको नमानेमा जे पनि हुन सक्छ भनि धम्कीपूर्ण भाष प्रयोग गरी गाली गलौच समेत गरि अभद्र व्यावहार गरेको हुँदा विपक्षी महेश शर्मा ढकाललाई पक्राउ जरि कानुनी कारबाही गरि हदैसम्मको सजायँ समेत गरि पाउँन सम्बन्धि निकायमा निर्देशन गरि पाउँ,’ उनले उजुरीमा भनेकी छिन् ।
ती महिला उद्यमीका अनुसार उनको कम्पनिले बैंकसँग ३५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । नायब प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि मेगा बैंकका सिईओ थिए । मेगा बैंक र नेपाल ईन्भेष्टमेन्ट बैंक मर्ज भएपछि उनको एक पद घटुवा भएको थियो ।
नायब प्रमुख कार्यकारी अधिकृत ढकाल भन्छन्,‘यो सबै ऋण नतिर्ने बहाना हो’
यस विषयमा प्रतिक्रिया लिन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई सम्पर्क गर्दा उनले शुरुमा यस विषयमा आफूले भन्दा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई बुझ्न अनुरोध गरे । तर, उजुरी तपाईंकै विरुद्ध परेको हुनाले तपाईंकै जवाफ दिनुपर्ने दायीत्व रहन्छ नी भन्ने दियोपोस्टको प्रश्नपछि उनले भने,‘यो सबै बनावटी कुरा हो । उहाँ ऋणी नै खराब ऋणी हो । ऋण नतिर्ने बहानाका लागि यस्तो गरिएको हो । यसमा तपाईंहरुले पनि विचार गरिदिनु पर्यो ।’