काठमाडौं ।सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेका थिए । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएका छन् ।
सुन पसल सञ्चालक मने विश्वकर्मालाई ५ लाख मार्दै धम्की आएको थियो । उनले पैसा दिन नमानेपछि शङ्कास्पद वस्तु राखेको हो ।
सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।