भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

दियो पोस्ट  

काठमाडौं । सार्वजनिक जग्गा हडपेर निर्माण गरिएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। वडा नम्बर १० देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले भद्रकुमारी घले सेवा सदनका संरचनामा डोजर चलाएको हो।

बागमती किनारका सुकुमबासी तथा अव्यवस्थित बसोवास हटाउने क्रममा विरोध भएपछि रोकिएको अभियान महानगरले पुनः सुरु गरेको छ।

सदनकी सञ्चालक घलेले भने आफू गलत नरहेको र भवनको लालपुर्जा आफ्नै निजी रहेको बताउँदै आएकी छन् । पूर्व राजनीतिकर्मी ८६ वर्षीया घलेले सञ्चालन गर्दै आएको उक्त सदनभित्र वाचनालय, पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, उपभोक्ता सहकारी संस्थाका साथै विद्यालय पनि छन् ।

पञ्चायतकालमा सांसद र सहायक मन्त्रीसमेत रहेकी घलेले आफ्ना सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी हुन् ।a

सिफारिस