ललिता निवास प्रकरण : तेस्रो दिन पनि मुद्दा हेर्दा हेर्दैमा, बिहीबार निवेदकको जवाफपछि फैसला

दियो पोस्ट  

काठमाडौं । ललिता निवास प्रकरणमा तेस्रो दिन पनि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा रहेको मुद्दामा निवेदकका कानुन व्यवसायीले जवाफी बहस नसकीएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

बुधबार सरकारी वकिलहरुले बन्दीको निवेदन, यसअघि १७ जनाले दायर गरेको रिटमा बहस गर्दै सरकारको भ्याकेटका बारेमा इजलासमा बहस गरेका थिए।

बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले पनि सरकारको बचाउमा बहस गरे। पोखरेलले बालुवाटारको सरकारी जग्गा उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा कीर्ते गरी व्यक्तिको बनाउने फौजदारी अपराध गरेको र त्यसमा अनुसन्धानका लागि पक्राउ गरिएकाले सबै रिट र निवेदन खारेज हुनुपर्ने दाबी गरे।

बिहीबार सरकारी पक्षको बाँकी बहस सकेर निवेदकहरुले जवाफ दिने समय इजलासले तोकेको छ। निवेदकका तर्फबाट केही कानुन व्यवसायीले जवाफ दिएपछि इजलासले फैसला सुनाउनेछ। इजलासले चिया समयअघि जवाफी बहस सुन्ने अनि फैसला सुनाउने तयारी गरेको छ।

सिफारिस