दियोपोष्ट संवाददाता
सिन्धुपाल्चोक, २५ असार । सभामुख अग्नि प्रसाद सापकोटा विरामी अवस्थामै बाढीग्रस्त क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे स्थित जम्बु खोलामा पुगेका छन् ।

बुधबार मात्रै मोतियाविन्दुको अपरेशन गरेका सापकोटा नेपाली सेनाको हेलिकोप्टर मार्फत बाढीग्रस्त क्षेत्र भ्रमणमा गएका हुन् । उनीसँगै प्रदेश वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल समेत पुगेका छन् ।

गए रातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न स्थानमा भिषण बाढीसहित पहिरो गएको छ । पहिरोका कारण १५ घर र १९ जना बेपत्ता छन् भने २ जनाको शव भेटिएको छ ।
उद्दारका लागि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।



