काठमाडौँ उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२ जना कोरोना संक्रमित भेटिएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पाइएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार शुक्रराज सरुवा रोग प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका १५ जना, ललितपुरका १३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मुलुकभर थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सम्बन्धित खबर

सिफारिस