
चितवन । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।
सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।
ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक भी नटराज र नगेन्द्र कम्पाटी हुन ।
स्रोतका अननुसार नक्कली डकुमेन्ट बनाएर मृगौला प्रत्यारोपण गर्ने ती डाक्टरहरुलाई छुटाउन भी नटराज र नगेन्द्र पम्पाटीले प्रहरीमा चलखेल शुरु गरेका छन्।
प्रहरीले भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।