घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अधिकृत हुकुम बहादुर घुस सहित पक्राउ !

दियोपोस्ट संवाददाता

काठमाडौं, ३० असार । घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली घुस सहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९६ हजार ३ सय रुपैयाँ घुस रकम सहित पक्राउ गरेको हो ।


ठेक्का पट्टाको अनुमति(पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भन्दै ओलीले घुस रकम माग गरिरहेको सुचनाको आधारमा बुटवलबाट खटिएको अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई अख्तियारले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

सम्बन्धित खबर

सिफारिस