प्रहरीको कन्ट्रोल १०० मा महिलाको फोन : मलाई लठ्याउने औषधी खुवाएर एसएसपीले बलात्कार गर्यो’

दियोपोस्ट संवाददाता

काठमाडौ, ३१ असार । सशस्त्र प्रहरी बलका एक बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी विरुद्ध बलात्कारको आरोप लागेको छ ।


सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ ।

उनले भरतपुर बस्ने सर्वसाधरण महिलालाई आफ्नै कार्यलयमा लगेर बलात्कार गरेको महिलाले बताएकी छन् ।

एसएसपी अधिकारीले आफुलाई ‘लठ्याउने औषधी खुवाएर बलात्कार गर्यो’ भन्दै पिडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी गरेकी छन् ।

यस सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ तर एसएसपी अधिकारी फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस