काठमाडौं, १ साउन । नेपाल टेलिकममा महाप्रबन्धक बनेर डिल्लीराम अधिकारी आएपछि टेलिकम चरम आर्थिक संकटमा फस्दै गएको पाइएको छ ।
गत वर्षको तुलनामा यसआर्थिक वर्षमा नेपाल टेलिकम अर्बौं घाटामा गएको महालेखा परिक्षकको कार्यालयको ५७ औँ वार्षिक प्रतिबेदनले औँल्याएको छ ।
नेपाल टेलिकमको शेयर पुँजी १५ अर्ब रुपैयाँ र जगेडा कोषमा रु ७६ अर्ब ९१ करोड १४ लाख समेत गरी कुल १८ अर्ब १४ लाख पुँजी रहेको छ ।
कम्पनीको कुल आम्दानी गत वर्ष रु। ४५ अर्ब २७ करोड रहेकोमा यस वर्ष ३।१६ प्रतिशतले कमी आई रु। ४३ अर्ब ८४ करोड रहन गएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिबेदन अनुसार टेलिकमको अन्तर्ष्ट्रिय कल ल्याण्ड लाइन, सिडिएएमए तथा एडिएसएल लगायत आम्दानीमा कमि भएका कारण एक अर्ब ४३ करोड नाफा घटेको हो ।
टेलिकमले अपेक्षाकृत रुपमा एफटिटिएच सेवा र मोबाइल डाटाको आम्दाानीमा वृद्धि गर्न नसकेका कारण आम्दानी घटेको प्रतिबेदनले औँल्याएको छ ।
त्यति मात्रै होइन टेलिकमको नाफा गत वर्ष १७ अर्ब ४८ करोड ३८ लाख रहेकोमा यसवर्ष ४४.१९ प्रतिशतले घटेको समेत पाइएको छ । ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ नाफा घटेको प्रतिबेदनले औँल्याएको छ । टेलिकमले लाइसेन्स नविकरणका लागि चार अर्ब रुपैयाँ खर्च गरेको र आयकरमा समेत १ अर्ब रुपैयाँ खर्च भएको प्रतिबेदनले बताएको छ ।
त्यस्तै नेपाल सरकारको निर्णय अनुसार टेलिकमले २०७१ देखि २०७६ बैशाख सम्मको जिएसएम सेवाको लाइसेन्स नविकरण बापत २० अर्ब रुपैयाँ भुक्तानी नगरेको पाइएको छ । यस वर्ष ४ अर्ब मात्रै भुक्तानी गरेको र बाँकी १६ अर्ब रुपैयाँ कहिले भुक्तानी हुन्छ भन्ने अन्यौलता रहेको छ ।
कम्पनीको बैंक मौज्दातमा रहेको रकममा समेत व्यापक गिरावट आएको छ । २०७५ असार मसान्तमा ७३ अर्ब५२ करोड रुपैयाँ रहेकोमा २०७६ असार मसान्तसम्म ७२ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ ।
बैंक मौज्दातमै ९३ करोड घाटा लागेपछि टेलिकम गत वर्षको तुलनामा यस आर्थिक वर्षमा टाट पल्टने दिशामा पुगेको विश्लेषण हुन थालेको छ ।
कम्पनिको गतवर्ष भन्दा यस वर्ष प्रयोगकर्ता औसत आम्दानीमा समेत गिरावट आएको छ । प्रविधिको विकाससँगै डाटा सेवाको प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै गएकाले ग्राहकलाइृ तीब्र गतिको डाटा सेवा उपलब्ध गराउन अन्य सेवा प्रदायकले जोड दिने गरेका छन् ।
तर टेलिकमको भने फोरजी/एलटिइ र एफटीटीएच सेवा विस्तारमा भएको ढिलाईका कारणले ग्राहकको माग अनुसार इन्टरनेट सेवा प्रदान गर्न नसकेको कारण पनि आम्दानी घटेको प्रतिबेदनमा उल्लेख छ ।
हाइड्रोपावरमा अवैध लगानी
टेलिकमको प्रबन्ध पत्रमा ऋण लगानीको सम्बन्धी कुनै व्यवस्था छैन । तर, टेलिकमले अपरतामाकोशी हाइड्रोपावर लिमिटेडमा ६ प्रतिशत शेयर लगानी गरेको छ। जसलाई उसले सहवित्तिय कर्जा लगानी अन्तर्गत प्रोजेक्ट सम्पत्ति धितोमा ऋण लगानी भनेको छ । २०७६ असार मसान्तमा टेलिकमले ९ अर्ब ५८ करोड ९६ हजार सावाँ तथा ब्याज असुल गर्न बाँकी रहेको महालेखाको प्रतिबेदनले औँल्याएको छ ।
कम्पनीले र्वतभन्न संघ संस्थाहरुको नाममा दताि रहेको तर भोग चलन गदै
आएको २३८ स्थानमा रहेको ४ लाख ८२ हजार ५५० वगि मीटर जग्गा तथा र्वतभन्न स्थानमा
कम्पनीको नाममा दर्ता नभएको जग्गामा बनाइएको घरटहराको रु. १७ करोड ७० लाख ९७ हजारलाई कम्पनीको अचल सम्पत्तिको रुपमा देखाएको छ ।
कम्पनीको अचल सम्पत्तिको भौतिक परिक्षण परीक्षण नगरिएको जग्गा र सवारी साधन बाहेक रु. २१ अबि ३३ करोडको अचल सम्पत्ति रहेकोमा रु. ८ अबि २१ करोड सम्पत्तिको मात्र आगलागी र भकूम्प जोखिम बीमा गरेको तर अन्य सम्पत्तिको भने बिमा समेत नगरेको प्रतिबेदनले औँल्याएको छ ।
वाइम्याक्स योजनामो डेढ १ अर्ब स्वाहा !
विकट भौगोलिक अवस्था रहेको नेपालमा वायरलेश प्रविधिमा उच्च गतिको डाटा प्रयोगका लागि भन्दै वाइम्यास सेवा शुरु गर्न २०६८ फागु ३ गते आपुर्तिकर्तासँग सम्झौता भइ १ करोड २५ लाख ८६ हजार अमेरिकी डलरको उपकरण खरिद गरिएको थियो । उक्त उपकरण खरिद गरेपछि स्पष्ट व्यापारिक योजना तथा रणनीतिको अभाव र शहरी क्षेत्रमा अन्य प्रविधीको प्रयोगले यस वर्ष २६ प्रतिशत ग्राहक घटेको र आम्दानीमा ४७ प्रतिशतकमी आएको प्रतिबेदनमा उल्लेख गरिएको छ । लगानीको सही सदुपयोग गर्न नसक्दा यस्तो परिणाम आएको महालेखाको ठहर छ ।
तत्कालिन सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जुनियर अधिकारीलाई टेलिकमको नेतृत्वमा ल्याएका थिए ।
्