धादिङका एसपी भन्छन् : ‘मेरो भिडियो खिचेको देखेपछि पाखुरा समातेको हुँ मुक्का हानेको छैन’

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता
धादिङ, २ साउन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।


जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा शुक्रबार विहान प्रशिक्षणका क्रममा रहेका राखेपका प्रशिक्षक भिम बहादुर गुरुङमाथि एसपी रेग्मीले कुटपीट गरेको अभियोग लागेको थियो । दियोपोष्टसँग स्पष्ट पार्दै एसपी रेग्मीले आफूले भिम बहादुरमाथि कुटपीट नगरेको बताएका छन् ।
एसपी रेग्मीका अनुसार शुक्रबार विहान उनी कभर्ड हलमा पुग्दा २ जना प्रशिक्षक काँटा सिक्दै थिए ।

‘ठूलो हलमा २ वटा कोट छ । ति हलको एक पट्टि हामी लकडाउनदेखि नै खेल्दै आएका थियौँ । आज सोही ठाउँमा अरु आउँछ भन्ने लागेको थिएन । हामी खेल्दै गर्दा २ जना प्रशिक्षकहरु आएर हस्तक्षप गर्दै यो ठाउँ हाम्रो भन्नुभयो । अनि मैले हामीलाई तपाईहरु आउछ भन्ने थाहा थिएन तपाईहरु उतापटि गएर खेलिदिनुस भन्दा उहाँहरुले उतापटि गएर मेरो भिडियो खिच्नु भएको रहेछ,’ एसपी रेग्मीले भने, ‘त्यो भिडियो खिचेको एक जना भाईले देखेछ र मैले भिडियो किन खिचेको भन्ने निहुँमा पाखुरा समातेको हु । छात्तिमा मुक्का हानेको होइन ।’

सम्बन्धित खबर

सिफारिस