यी हुन् आफ्नै भाञ्जाको अपहरणपछि हत्या गरी बोरामा प्याक गरेर फाल्ने खुंखार ‘मामा’

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ साउन । प्रहरीले आफ्नै भान्जाको हत्या गरेको अभियोगमा एक अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महासाखाले आइतबार आफ्नै भान्जाको अपहरणपछि हत्या गरेको अभियोगमा भारत मुजफ्फापुर, नगरथाना आखाडाघाट घर भएका राजेश कुमार गुप्तालाई सार्वजनिक गरेको हो ।


काठमाडौंको खितापोखरीमा बस्दै आएका भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी घर भएका ११ वर्षिय रोहित गुप्ता जोरपाटी स्थित राई स्कुलमा पढ्थे । कक्षा ७ म अध्ययनरत उनलाई २०६४ असोज २४ गते बेलुका ५ बजे घरबाट बाहिर निस्केपछि राजेशले अपहरण गरेका थिए । सोही दिन बुलुका साढे ८ बजे अपरिचित व्यक्तिले टेलिफोन गरी रोहितका बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू.२,५०,००० (दुई लाख पचास हजार) फिरौती माग गरेका थिए ।
उक्त रकम पाए मात्रै छोरा छाड्ने धम्की दिएपछि बासुदेवले फिरौती बुझाएका थिए तर, अपहरणमुक्त नभएका रोहितको खोतलासको क्रममा २०६४ असोज २७ गते बेलुका ८ बजेर १५ मिनेटमा कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा पलास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास फेला परेको थियो ।


प्रहरी अनुसन्धानको अनुसन्धानको क्रममा बालक आपहरण तथा हत्याको योजनाकार निजकै सहोदर मामा राजेश कुमार गुप्ता रहेको खुलेको थियो । काठमाडौं खिंचापोखरीमा कोठा भाडामा लिई उनकै पसलमा पहिले काम गर्ने धादिङ घर भएको विष्णु सुनार समेतको संलग्नतामा जादु सिकाउने बाहानामा बालकलाई बोलाई अपहरण गरिएको प्रहरीले जनाएको छ ।

गोप्य ‘कोठामा लगी दुबै हात पछाडी लगी माईला भन्ने बिष्णु सुनारले नाइलनको डोरिले घाँटिमा बाँधी कस्दा रोहित गुप्ता चिच्याउन लाग्दा राजेश गुप्ताले रुमालले मुख थुनी दुबै जनाले घुडा समेतले थिचेर बालक रोहितको हत्या गरेको खुल्न आएको छ,’ महासाखाको विज्ञप्तिमा भनिएको छ, ‘घटना पश्चात निजहरूले मृतकको बुवासँग फिरौती वापत रू. २ लाख माग गरी उक्त रकम राजेशले नै लिई थानकोट त्रिभुवन पार्क लिई गएको र अपरिचित व्यक्तिहरू ट्याक्सीमा आएर सो रकम लिएर गएको भनी राजेश गुप्ताले मृतकको वुवालाई बहाना बनाएको बालकको हत्या पश्चात लाशलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा फ्याकेको ।’


आश्चर्य त के छ भने मृतक रोहितका बुवा बासुदेवसँगै अपहरण तथा हत्यामा समलग्न गुप्तासँगै प्रहरी कार्यालय सम्म पुगेका थिए । खोजतलास गरेको बहाना बनाई उनी त्यहाँबाट फरार भएका थिए ।
घटनामा संलग्न बिष्णु सुनार मिति २०६४ पुस १२ गते नै पक्राउ परी हाल कारागारमा छन् ।

सम्बन्धित खबर

सिफारिस