काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यससँगै मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय ९ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।