बाँके, १७ असार । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयले पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अछाम जिल्लाको मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा घर बस्दै २७ वर्षिय डम्बर बुढा र रामरोशन गाउँपालिका ५ स्थायी ठेगाना भएका ३५ वर्षिय नन्दु बुढा रहेका छन् ।
उनीहरुबाट प्रहरीले पाटे बाघको २ थान छाला बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार बुधबार दिउँसो १ बजेर ४५ मिनेट जाँदा विशेष सुचनाको आधारमा उनीहरु पक्राउ गरेको हो ।