काठमाडौं, १७ असार । पछिल्लो २४ घण्टामा नेपालमा २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २७६० जनामा संक्रमण पुष्टि भएको हो ।
७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ४०१७ रहेको छ भने ३३ जनाको मृत्यु भएको छ ।