थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।