९ दिनदेखि बेपत्ता चितवनकी सञ्जिता भण्डारीको शव सडेगलेको अवस्थामा भेटियो !

दियो पोस्ट  

तस्विर : प्रनिश थापा


चितवन, २० असार । विगत ९ दिनदेखि बेपत्ता रहेकी चितवनकी सञ्जिता भण्डारीको शव भेटिएको छ ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ सामुदायीक जंगलमा भण्डारीको शव सडेगलेको अवस्थामा भेटिएको हो ।


गत असार ११ गते विहान ६ बजेदेखि बेपत्ता भएकी उनको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनको शव अपहरणपछि हत्या गरिएको आशंका छ ।

चितवन प्रहरीले घटनाबारे थप अनुसन्धान गरेपनि केही सार्वजनिक गरेको छैन । प्रहरीले उनको शवलाई परिक्षणका लागि चितवन अस्पताल पठाइएको छ ।