युरोकप र कोपा अमेरिका फुटबलमा बेटिङ गराउने ८ जना काठमाडौँबाट पक्राउ

दियो पोस्ट  

काठमाडौं, २१ असार । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षीइ जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वषीैय सुरज टिवडेवाल, भारत बिहारको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य रहेका छन् ।

त्यस्तै भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता पनि पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरुबाट नगद र विभिन्न ब्राण्डका मोबाइलहरु समेत बरामद गरिएको छ । पक्राउ परेका आठै जनाविरुद्ध अनुसन्धान भइरहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।