चितवन, २१ असार । नवलपरासीमा अर्की युवती बेपत्ता भएकी छिन् । चितवनमा ९ दिनदेखि वेपत्ता भएकी किशोरी सुजिता भण्डारीको सडेगलेको अवस्थामा शव भेटिए लगत्तै नवलपरासीमा अर्की एक युवती बेपत्ता भएकी हुन् ।
बेपत्ता हुनेमा २१ वर्षिय विना सापकोटा रहेकी छिन् । असार १४ गते साँझ साढे ४ बजेदेखि उनी घरबाट बेपत्ता छिन् ।
उनका आफन्तले युवती भेटिए सम्पर्कमा ल्याउन ९८५५०६३९५६ नम्बर नै सार्वजनिक गरेका छन् । स्थायी घर गैडाकोट ४ नवलपरासी रहेकी उनको खोजी कार्य भइरहेको छ ।