रुपा सुनार प्रकरण : कृष्ण गोपालसहित दुबै पक्षलाई सर्वोच्चले बोलायो

दियो पोस्ट  

काठमाडौं, २३ असार । सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

सरकारवादीमा मुद्दामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका मन्त्रीले नै अनुसन्धान र मुद्दा प्रक्रियामा हस्तक्षेप गरेको भन्दै सञ्चारकर्मी सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए ।

सिफारिस